कटहरी गाउँपालिकाका बाढीपीडितको घर निर्माण शुरू नहुँदै विवाद

<span class='c1'>कटहरी गाउँपालिकाका बाढीपीडितको घर</span> <span class='c2'>निर्माण शुरू नहुँदै विवाद</span>

विराटनगर, ३१ जेठ । मोरङको कटहरी गाउँपालिकाका बाढीपीडित सुकुमवासीका लागि घर निर्माण शुरू हुन नपाउँदै विवाद उत्पन्न भएको छ । नेकपाको स्थानीय कमिटीले बिहीवार पत्रकार सम्मेलन गरी गाउँपालिकाका अध्यक्षले घर बनाउन आएको रकमबाट कमिशन खान खोजेको आरोप लगाएको छ ।

सोही कारण घर बनाउन आएका साझेदार संस्थासमेत फर्किएको नेकपा कार्यदल कटहरीको बताएको छ । कार्यदलका अध्यक्ष मृत्युञ्जय झाका अनुसार सोही क्षेत्रका संघीय प्रतिनिधिसभाका सांसद अमनलाल मोदीको सांसद विकास कोषबाट ५० लाख रुपैयाँले घर बनाउन लागिएको हो । यो योजनामा अन्य दुई संस्थाले साझेदारी गरी थप २० घर बनाइदिने भनेर आएको तर गाउँपालिका अध्यक्ष रामकुमार कामतले बनाउन नदिएको झाले बताए ।

जीवन विकास समाज र ह्याविटेट नामको साझेदार संस्थाले थप १०/१० घर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । अध्यक्ष कामतले विपक्षीले निराधार आरोप लगाई आफूलाई बद्नाम गर्न खोजेको बताए । भूमिहीनलाई घर बनाउन गाउँपालिकाले तयारी गरिरहेको बताउँदै उनले भने, ‘नेकपाले जग्गामा कमिशन पाउन एकीकृत रूपमा वडा नम्बर २ को कदमगाछीमा जग्गा किनेको छ ।’ यसमा अवरोध गर्दा आफूलाई बद्नाम गर्ने प्रयास भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्