विराटनगरमा एक पछि अर्को सौन्दर्य प्रतियोगिता, मिस एईईको ग्राण्ड फिनाले आज

विराटनगरमा एक पछि अर्को सौन्दर्य प्रतियोगिता, मिस एईईको ग्राण्ड फिनाले आज

प्रेम देवान
विराटनगर, ३१ जेठ । विराटनगरमा पछिल्लो समय एक पछि अर्को सौन्दर्य प्रतियोगीता हुने क्रम बढ्दो छ । किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटन गराउने भन्दै अहिले विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता भईरहेका हुन् । अहिले विराटनगरमा मिस नेवा कोशी, मिस एईई मोरङ, मिष्टर एण्ड मिस टिन व्युष्टि प्याजेन्ट जारी छ । केही समय अगाडी पूर्वाअञ्चल लिटिल स्टार समेत सम्पन्न भईसकेको छ ।
एउटै मञ्चमा दुईवटा ग्राण्ड फिनाले
विरेन्द्रसभा गृहमा शुक्रबार मिस एईईको फाईनल र शनिवार मिष्टर एण्ड मिस टिनको फाईनल हुदैछ । यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्ट इभेन्टले जनाएको छ । आज विराटनगरको विरेन्द्रसभागृहमा बेलुका ४ बजे पछि ग्राण्ड फिनाले हुदैछ । ग्राण्ड फिनालेको मुख्य जर्ज मिस एसिया २०१८ की विजेता आस्था शाख आउने भएकीछिन् भने स्थानिय कलाकारको वेजोड प्रस्तुति रहनेछ ।
यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी मिस एइई मोरङ २०१९ को लागी ‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ अगाडी बढेको मिस एसईईमा १२ जनाले आज फाईनलमा उत्रदैँछन् । आयोजकले सुन्दतालाई भन्दा पनि सिप र संस्कारलाई प्राथमिकतामा राखेर प्रतियोगिता गरेको बताएको छ ।
प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक सुशिल घिमिरेले जानकारी दिए । त्यस्तै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा गरिदिने छ । प्रतियोगिताको फस्ट रनरअपले २० हजार सहित ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा गर्न पाउने छन् ।
यसैविच भोली शनिबार विरेन्द्रसभा गृहमा मिष्टर एण्ड मिस टिन पूर्वाअञ्चलको ग्राण्ड फिनाले हुदैछ । फिनालेमा १६ किशोर १२ किशोरी प्रतिस्पर्धामा उत्रदैछन् । विजेताहरु सिधै मिस्टर नेपाल र मिस पुर्वाञ्चलमा सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्