बिराटनगरमा गर्मी चरमोत्कर्षमा , आज ३८ डिग्री तापक्रम पुग्ने अनुमान

बिराटनगरमा गर्मी चरमोत्कर्षमा , आज ३८ डिग्री तापक्रम पुग्ने अनुमान

बिराटनगर जेठ ३१ , बिराटनगरमा गर्मी चरमोत्कर्षमा पुगेको छ। बिराटनगरमा केहि दिन यता तापक्रम ३७ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ।

बिराटनगरमा बिहिबार तापक्रम ३७.८ डिग्री पुगेको मौसम विभागले जनाएको छ ।

तापक्रम बढेपछि बिराटनगर बजार तथा सडक प्राय शान्त रहेको छ । गर्मीको मार सबैभन्दा बढी सडक निर्माणमा खटिएका मजदुरलाई परेको छ । सडकका व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन्।

आज बिहान बिराटनगरको तापक्रम ३१ डिग्री पुगेको र आज ३८ डिग्री पुग्ने अनुमान रहेको बिभिन्न मौसम अनुमान गर्ने वेबसाइटले जनाएका छन् ।

बिराटनगरमा मात्रै नभएर पुर्वका इटहरी , बेलबारी , दमकमा पनि प्रचण्ड गर्मी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्