अभिनेत्री सन्नी लियोन पहिलो पटक नेपाली गीतमा , भिडियो सार्वजनिक

अभिनेत्री सन्नी लियोन पहिलो पटक नेपाली गीतमा , भिडियो सार्वजनिक

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा नृत्य गरेको भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘पासवर्ड’ मा सन्नीले गरेको आइटम नृत्यको भिडियो बिहीबार सार्वजनिक भएको हो । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अवतारमा देखिएकी छन् ।

‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभाले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन् । ५ करोड बढि लगानीमा तयार भएको गीतमा सन्नीसँगै अभिनेता बिक्की जोशी फिचर छन् ।

गीतमा बिक्रम जोशीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । दुर्गा खरेलको स्वरमा रहेको उक्त गीतको भिडियो छायांकन लण्डनमा गरिएको हो । सम्राट बस्नेतले निर्देशक गरेको फिल्म ‘पासवर्ड’ भाद्र २७ गतेबाट बाट रिलिज हुँदैछ ।

फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=TGNlBS9xXtI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्