विश्वकप क्रिकेट:भारत र न्युजिल्यान्डको खेल रद्द, आज इङ्ग्ल्याण्ड र वेष्ट इण्डिज भिड्ने

विश्वकप क्रिकेट:भारत र न्युजिल्यान्डको खेल रद्द, आज इङ्ग्ल्याण्ड र वेष्ट इण्डिज भिड्ने

विश्वकप क्रिकेटमा बिहीबार दुई अपराजित टोली न्युजिल्यान्ड र भारतको खेल पनि वर्षाले प्रभावित भएको छ । नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुने भनिएको खेल ३ बजे नै रद्द भएको सुचना दिइएको थियो । यस सँगै चार खेल वर्षका कारण रद्द भएका छन् भने उनीहरु बराबर अंक बाँढ्न बाध्य भएका छन् ।

हालसम्म तीन खेल खेलेको न्युजिल्यान्ड शतप्रतिशत नतिजासहित ६ अंक जोड्दै तालिकाको पहिलो स्थानमा छ । आफूले खेलेका अघिल्ला दुवै खेलमा जित हात पारेको भारत भने चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराएको न्युजिल्यान्डले तेस्रो खेलमा भने अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

विश्वकप क्रिकेट अन्र्तगत आज इङ्ग्ल्याण्ड र वेष्ट इण्डिज विच खेल हुने तालिका छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्