बिराटनगरमा डेंगु रोगको बारेमा जनचेतनामुलक कार्यक्रम सुरु

बिराटनगरमा डेंगु रोगको बारेमा जनचेतनामुलक कार्यक्रम सुरु

बिराटनगर जेठ ३१ , बिराटनगर लगायत पूर्वमा क्रमिक रुपमा फैलदै गरेको डेंगु रोगको बारेमा बिराटनगरमा जनचेतना कार्यक्रम सुरु भएको छ ।

बिराटनगरको पहिलो पुस्तकालय गुराँस पुस्तकालय र लाईफगार्ड हस्पिटलको संयुक्त आयोजनामा  बिराटनगरमा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको हो । आज बिहान उक्त टोलीले बिराटनगरको बरगाछीमा डेंगु रोगको बारेमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको गुराँस पुस्तकालयका अध्यक्ष दिपक चापागाईंले जानकारी दिए ।

उक्त समुहले बिराटनगरका अन्य वडामा पनि उक्त जनचेतना कार्यक्रम गर्दै जाने पनि चापागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्