विराटनगर जेठ ३१ ,
विराटनगरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युथ फर ब्लड मोरङ र लाईफगार्ड अस्पतालको संयुक्त आयोजनामा लाईफ गर्ड अस्पताल परिसरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रगतदान गरेका थिए ।
कार्यक्रममा युथ फर ब्लडले अस्पतालमा उपस्थितिलाई रगत सचेतना तथा रक्तदाता नामावली संकलन गरेको संस्थाका वोकिल भट्टराईले जानकारी दिए।