विराट ब्यापार संघको साधारण सभा : समुदायलाई आबस्यक बस्तु स्वदेशमै उत्पादनमा जोड

विराट ब्यापार संघको साधारण सभा : समुदायलाई आबस्यक बस्तु स्वदेशमै उत्पादनमा जोड

विराटनगर, ३१ जेठ । प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दवहादुर तुम्वाहाङले उद्योगी व्यापारीहरुले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताएक छन् ।

विराट व्यापार संघको १० औं वार्षिकसाधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै तुम्बाहाङले यस क्षेत्रका जनताहरुलाई आवश्यक पर्ने वस्तु उत्पादन गरी सहज उपलव्ध गराउन पनि आग्रह गरे । प्रदेश प्रमुख तुम्वाहाङले मुलुकको आर्थिक समृद्धको संयन्त्र नै उद्यमी व्यापारी भएको चर्चा गर्दै समुदायलाई आवश्यक पर्ने स–साना वस्तुको उत्पादन स्वदेशमै गर्नुपर्नेमा जोड दिए।
जनै समेत बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउदै उनले सानाद्खि ठुला बस्तुको आयातलाई रोकी देशमै उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुुसियैतले मुलुकलाई समृद्ध वनाउन उद्यागी व्यापारीको ठूलो योगदान रहने वताउदै व्यापारीवर्गका समस्या समाधानमा प्रदेश सरकार सहयोगी हुने विश्वास दिलाए ।
कार्यक्रममा उद्यमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका वजारमा सस्तो मूल्यमा सामान उपलव्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको बताए । सोही अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा लगायतले सवैको साझा संगठन रहेको संघले विराटनगरलाई स्थायी राजधानी र समृद्ध वनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए । कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद रिजाल, उद्यमी ताराचन्द खेतान तथा संघका पूर्व अध्यक्ष र टोल संगठन विराटनगरका अध्यक्ष राजु मास्के लगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्