विराटनगर महानगरको बालभेला शुरु, भेला मार्फत बालकालिकाले आफ्ना योजना निर्माण गर्ने

विराटनगर महानगरको बालभेला शुरु, भेला मार्फत बालकालिकाले आफ्ना योजना निर्माण गर्ने

विराटनगर, ३१ जेठ ।
विराटनगरमा शुक्रवार देखि २ दिने नगर बालभेला सुरु भएको छ । नगर बालक्लब संजाल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा बाल भेला सुरु भएको हो ।

भेलाको उद्घाटन गर्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले बालबालिकाको हक अधिकार र पाउनुपर्ने सेवा सुबिधाको बारेमा महानगर प्रतिबद्ध रहेको बताए । बालबालिकाको हकअधिकारका पक्षमा गर्नुपर्ने काम र आबश्यक विषयवस्तुमा वालबालिकाको भावना समेटिने गरी काम गरिने स्पष्ट पारे । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले बालबालिकाको संवेदनशिलता र महानगरभित्र के कस्ता कार्यक्रम समेट्न सकिन्छ भनेर सुझाव संकलनको काम भईरहेको बताए । बालभेलाबाट आउने योजना तथा कार्यक्रमले महानगरलाई नीतिगत रुपमा योजजनामा बजेट बिनियोजना गर्न सहज हुने स्पष्ट पारे ।
भेलाले आर्थिक बर्ष २०७६÷०७७ का लागि बालमैत्री योजना निर्माण गर्नुको साथै नगर स्तरिय बाल क्लव संजालको नयाँ नेतृत्व चयन हुनेछ । भेलामा महानगरका १९ वटै वडामा नेतृत्व लिएका बालबालिकाको सहभागिता रहेको महिला तथा बालबालिका महाशाखा प्रमुख डिल्ली धिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्