सुन्दरहरैचामा एक बृद्ध मृत अबस्थामा फेला

सुन्दरहरैचामा एक बृद्ध मृत अबस्थामा फेला

विराटनगर, ३१ जेठ ।
मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा एक जना व्यक्तिको मृत्यु भएको छ । करिब ६५ वर्षको दुखिया चौधरीको मृत्यु भएको हो । कानेपोखरी कालिकोशी घर भएका उनी सुन्दरहरैचा नगरपालिका वाडा नं ६ स्थित गछिया खोलाको किनारमा बस्दै आएका थिए ।
दिउँसो ह्विलचेयरमा बसिरहेको अवस्थामा उनको मृत्यु भको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको शब पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा पठाएको जनाएको छ । बृद्धको मृत्युको कारण बारे केही नखुलेको प्रहरीले जनाएको छ । तर स्थानीयले उनको गर्मीको कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्