विश्वकप क्रिकेट : इंग्ल्याण्डले निकाल्यो तेस्रो जित , वेस्ट इन्डिज धराशायी

विश्वकप क्रिकेट : इंग्ल्याण्डले निकाल्यो तेस्रो जित , वेस्ट इन्डिज धराशायी

लन्डन, जेठ ३२ । घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले तेस्रो जित हात पारेको छ । साउथह्याम्पटनमा गएराति भएको खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तेस्रो जित हात पारेको हो । वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ३३ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गरेको हो ।

इंग्ल्याण्डको जितमा अलराउण्ड प्रदर्शन गरेका जोय रुटले शतक बनाए । अविजित रहेका रुटले ९४ बलमा ११ चौकासहित १०० रन बनाए ।

जारी विश्वकपमा रुटको यो दोस्रो शतक हो । योसँगै रुट एकै विश्वकपमा दुई शतक प्रहार गर्ने दोस्रो इंग्लिस खेलाडी बने । यसअघि केभिन पिटरसनले एकै विश्वकपमा दुई शतक बनाएका थिए ।

यस्तै जोनी ब्रेस्टोले ४५ तथा क्रिस वोक्सले ४० रन बनाए । बेन स्टोक्स १० रनमा अविजित रहे । वेष्ट इण्डिजका टेरी गाब्रिलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २१२ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६३ रन बनाउँदा सिम्रन हिटमायरले ३९, क्रिस गेलले ३६ र आन्द्रे रसेलले २१ रन बनाएका  थिए ।

इंग्ल्यान्डका आर्चर जोफ्रा र मार्क उडले ३-३ विकेट लिँदा जोय रुटले २ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले ४ खेलबाट ६ अंक जोडेको छ । इंग्ल्यान्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्