विराटनगरमा डेंगु नियन्त्रणका लागि महानगरको जनपरिचालन अभियान शुरु

विराटनगरमा डेंगु नियन्त्रणका लागि महानगरको जनपरिचालन अभियान शुरु

विराटनगर, ३२ जेठ । विराटनगरमा डेंगु नियन्त्रणका लागि महानगरपालिकाले जनपरिचालन अभियान शुरु गरेकोछ ।
डेंगुको बारेमा जनचेतना फैलाउनका लागि महानगरपालिकाले शिक्षक र बिद्यार्थीलाई परिचालन गरेको हो ।

सुनसरीको धरानमा डेंगुको महामारी फैलिएको र बिराटनगरमा पनि मंगलवार पहिलो पटक डेंगु देखिएपछि सतर्कताको लागि जनपरिचालन गरिएको बिराटनगर महानगरपालिकाले सचेतना र निरोधका उपाय सहितको अभियान चलाएको हो ।
महानगरपालिकाका सबै बिद्यालयका शिक्षकलाई बोलाएर बिद्यार्थीलाई कक्षा कोठामा डेंगु बारे सचेत गराउन आफ्नो टोल समुदायमा डेंगु फैलिन नदिने उपाय बारेमा जानकारी दिन आग्रह गरेको हो । बिद्यार्थीलाई बिद्यालयमै डेंगु रोग र यसको लक्षण बारेमा जानकारी दिने, त्यसबाट बच्ने उपाय बारेमा सचेत गराउने रनियन्त्रणका लागि गर्नु पर्ने उपायहरुको बारेमा समेत सचेतना फैलाएर सामाजिक अभियानलाई तिब्रता दिईने बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले जानकारी दिए । विराटनगर महानगरपालिकाकाले नगरवासीलाई आफ्नो घरमा पानी जम्ने थोत्रा पुराना सामानको परिक्षण्ण गर्न र त्यसलाई बिसर्जन गर्न आग्रह गरेको छ । त्यस बाहेक महानगरपालिकाले सबै वडाका टोल तथा सडकमा लामखुट्टे नियन्त्रण गर्न बिषादी छर्ने अभियान शुरु गरिएको छ । दैनिक ४ वटा वडाका दरले बिषादी छर्ने काम भईरहेको महानगरका मेयर पराजुलीले जानकारी दिए । विराटनगर महानगरमा ९ जनामा डेंगुको संक्रमण देखिएको र धरानमा प्रकोप देखिनु पुर्ब प्रदेशमा १९ जनामा डेंगुको संक्रमण देखिएको छ । धरानमा मात्र ५ सय ३४ जनामा डेंगुको संक्रमण देखिएको प्रदेश सरकार सामाजिक विकास महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्