उद्योगका कारण समस्या झेल्दै जनप्रतिनिधि, प्रदुषणले अस्तब्यस्त बुढीगंगा गाउँपालिका

<span class='c1'>उद्योगका कारण समस्या झेल्दै जनप्रतिनिधि,</span> <span class='c2'>प्रदुषणले अस्तब्यस्त बुढीगंगा गाउँपालिका</span>

विराटनगर, ३२ जेठ ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलकनाथ मण्डल उद्योगले गर्ने प्रदुषणका कारण हैरान छन् । एक दर्जन बढी उद्योग उनकै वडामा रहेको कारण हरेक दिन स्थानीयको गुनसो सँधै नै फोहोर, प्रदुषण र उद्योगले काम नदिएको समस्या लिएर आउनेहरु धेरैछन् । त्यति मात्र हैन उद्योगका कारण स्वास्थ्यमा परेको समस्याको बारेमा पनि स्थानीका गुनासा वडा कार्यालयमा आउने गरेको छ ।
यो वडामा उद्योगहरु धेरै रहेकोले उद्योगले पार्ने प्रदुषण समस्याको रुपमा रहेको वडा अध्यक्ष मण्डलले बताए । उद्योगबाट निस्कने एसिड सहितको पानी बाहिर फाल्दा सनीयको श्वास प्रश्वाससँग जोडिने भएकोले निक्कै हानिकारकको रुपमा देखिएको छ । कानुन अनुसार यसी उद्योगका हानिकारक पानीहरु बाहिर निकाल्न मिल्दैन, अध्यक्ष मण्डलले भने । यसरी निस्कने पानी उद्योगमा एसिडले काम गर्दासम्म बाहिर निकाल्दैनन् जब काम गर्न छाड्छ अनी त्यो पानी बाहिर निकाल्ने र त्यसको असर आम नागरिकको जीवनमा पर्ने गरेको छ । यति मात्र हैन यो वडाको समस्याको रुपमा रहेको उद्योगबाट निस्कने धुँवाको मुस्लोका कारण पनि स्थानीयले पटक पटक समस्या लिएर आउने गरेका छन् ।

वडामा रहेका प्रिमियर, पायोनियर, हुलास, कमला रोलिङ, च्याउ बिरो उद्योगका कारण दुर्गन्ध फैलिएको छ । त्यस्तै कोहिनुर प्लाई , सिटीगोल्ड प्याईले समेत धुलो, धुवाँ तथा उद्योगगबाट निस्किएको पानीलाई ब्यवस्थित गर्न सकेका छैनन् । पटक पटक छलफल चलाएपनि वेवास्ता गर्दाउद्योगले गर्ने प्रदुषण नियन्त्रणमा निक्कै समस्या सिर्जना भएको उनले बताए । उद्योगीहरुले अटेर गर्ने समस्याले गर्दा प्रदुण अहिले बुढीगंगा गाउँपालिकाको समस्याको रुपमा रहेको उनको गुनासो छ ।

वडा ३ को मात्र समस्या हैन वडा नम्बर ५ को समस्या पनि उस्तै नै रहेको छ । रहेको स्वस्तिक आयलले डिजल मार्फत फायरिङ, पत्थर कोईला मार्फत समेत फायरिङ हुने गरेको छ । ग्रिन प्लाईले भुस, फुजिमा आयलमा गन्ध आउने तथा धुवाँको समस्या छ । एसियन फिड्समा चिम्नीबाट काम भएको छ । जहाँ छाई उडेर हिड्नै नसक्ने अबस्था छ । फ्याक्टी बन्यो, स्वीकृती पनि पायो तर आम गाउँवासीलाई थाहै भएन । समस्याको बारेमा कसैले सोधेन जसले गर्दा अहिले उद्योग र स्थानीय बिच सँधै जसो विवाद छ । वडा नम्बर ५ का अध्यक्ष रमेश खनाल अब वडा नम्बर ५ उद्योग संचालन गर्न दिने पक्षमा नरहेको बताउँछन् । ‘म सिफारिस दिन्न, उनले भने, उद्योगले फोहोर मात्र हैन, स्थानीयलाई दिने भनेकोरोजगारी समेत दिएका छैनन् ।’
उद्योग संचालनमा आएपछि रोजगारी पाउँला भनेर पर्खिएर बसेका स्थानीयलाई उद्योगले वेवास्ता गरेको छ । उद्योग संचालकहरु कोही पनि नेपालीलाई रोजगार दिन तयार छैनन्, अध्यक्ष खनालले भने ।

बुढगीगंगा गाउँपालिका वडा नम्बर १ विराटनगर महानगरपालिकासँग जोडिएको वडा हो । यो वडा पनि उद्योगहरु मध्ये कै सबैभन्दा धेरै रोजगारी दिने उद्योग र राजश्व पनि बढी तिर्ने उद्योग यही वडामा छ । भएका उद्योग मध्येको सबै भन्दा ठुलो उद्योग आरती स्ट्रीप्स नै हो । समस्याको रुपमा रहेको यस उद्योगलाई दिर्घकालिन समस्या समाधानको प्रयास भएको छैन । ध्वनी, धुवाँ, पानीको बाहिरी निकास, पानीको खराबी, आँखा पोलेर सुत्नै नसक्ने समस्या स्थानीयका छन् । रातभरी आउने कर्कसले स्थानीय सुत्नै सक्दैनन् । उनी सर्बसाधारण यस्तो समस्या हुँदा वडामा आएर घेर्ने गर्छन् । उद्योगले पारेको असरको बारेमा अहिलेसम्म खासै कसैले पहल नगरेको वडा अध्यक्ष युवराज पौडलले बताए ।
‘हामी वडा अध्यक्षले बोलेको कुरा कसैले सुन्दैन्, उनले भने, उद्योग पतिसँग कुनै लिन्क छैन, समस्याको बोमा छलफल गराउँदा उद्योगपतिहरु टस्को मस गदैनन् ।’

प्रदुषण करमा मौन स्थानीय तह
स्थानीय तहको आम्दानीको श्रोत बनेको उद्योगहरुले कर तिर्न अनाकानी गरेपछि गाउँपालिका प्रदुषण कर लगाउने तयारीमा छ । तर अहिलेसम्म प्रदुषणको नाममा हुने कर उठाउने मापदण्ड नै नहुँदा समस्या छ । तर प्रदुषण कर स्थानीय तहले उठडाउन सक्ने ब्यवस्था स्थानीय सरकार संचालन ऐनमा ब्यवस्था गरिएको छ । करिब डेढ सय उद्योग रहेको बुढीगंगा गाउँपालिका उद्योगले पारेको प्रदुषणको बारेमा मौन बसेका छ । बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपानेले स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार प्रयोग गरेर प्रदुषण कर लगाउने तयारी शुरु भएको बताए ।
उद्योगले स्थानीय सरकारले गरेको हरेक काममा अप्ठेरो पर्ने काम गरेको समेत स्थानीय तहले आरोप लगाउँदै आएको छ । अब स्थानीय सरकारले गरेका हरेक काममा अप्ठेरो पार्न र काम गर्न दिईँदैन भने प्रति लिटर पानी, प्रति धुवाँको पिपिएमा कर लगाउने अबस्थामा गाउँ पालिका जान लागेको गाउँपालिकाका प्रमुख बालचन्द माझीले बताए ।
‘अहिले बुढीगंगा गाउँपालिकामा हामी उद्योग बिरोधी देखिएका हौँ की भन्ने जस्तो देखिएको छ उनले भने, हामी उद्योग बिरोधी हैनौ, कानुनी दायरामा मात्र ल्याउन खोजेका हौ ।’ अत्याधिक प्रदुषण गराएका उद्योगले घरजग्गा कर तथा ब्यवसाय कर समेत नतिरेपछि गाउँपालिका कठोर बन्न लागेको हो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरले कुल ग्राहस्थ उत्पादनको १४ प्रतिशत योगदान गर्दै आएको छ । ध्वनी, भु, वायु, जल सबै समस्या उद्योगका कारण सिर्जित समस्या हो । तर उद्योगले गर्नु पर्ने दायित्व पुरा नगर्दा समस्या बल्झिएको गाउँपालिकाको निश्कर्ष छ ।

उद्योगी भन्छन्, प्रदुषण गर्न पाउनु पर्छ
प्रदुषण नियन्त्रण गर्न भन्दापनि बस्ती पछि बसेको भन्दै उद्योगलाई चल्न नदिनका लागि यी समस्याहरु देखाउने गरेको बताउँछन् । उद्योगी पवन कुमार सारडाले बुढीगंंगा गाउँपालिकाले सम्पती कर तथा घरजग्गा करको नाममा दुख दिएको आरोप लगाए ।
अहिले प्रदुषणको कुरा झिकेर उद्योग बन्द गर्ने उदेश्य राखेको उद्योगीको आरोप छ । उद्योगी नविन रिजालले कस्तो उद्योग छ र प्रदुषण भयो भन्ने नै उल्लेख नगरी प्रदुषण मात्र गर्यो भनेर नहुने बताए । राज्यले लाईसेन्स दिएपछि उद्योगले प्रदुषण गर्यो भन्नु भएन नी, उद्योगी रिजालले भने, गाबिस बन्न भन्दा अगाडी देखि नै खुलेका उद्योगहरुलाई अहिले आएर यो भएन त्यो भएन भन्न पाईन नी त ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्