डेंगु संक्रमण प्रदेश १ का चार जिल्लामा देखियो, डेंगु परिक्षणमा निजी अस्पतालको बढी रकम असुल्दै

<span class='c1'>डेंगु संक्रमण प्रदेश १ का चार जिल्लामा देखियो,</span> <span class='c2'>डेंगु परिक्षणमा निजी अस्पतालको बढी  रकम असुल्दै</span>

विराटनगर, ३२ जेठ । बैशाख अन्तिम साता धरानमा देखिएको डेंगु संक्रमण एक नम्बर प्रदेशको ४ वटा जिल्लामा फैलिएको छ ।

सुनसरी, मोरङ, झापा हुदै पछिल्लो पटक उदयपुरमा पनि एक जनामा डेंगुको संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेंगुको संक्रमण फैलिदै जान थालेपछि अहिले डेंगु रोग फैलाउने एडिस जातको लामखुट्टे नियन्त्रण गर्न प्राविधिकहरु लागिपरेका छन् भने सर्वसाधारणमा सचेतना जगाउने कार्य पनि थालिएको छ । सफा जमेको पानीमा जीवन चक्र चलाउने सेतो टाटे लामखुट्टे नियन्त्रण गर्न घर भित्रका खाली डब्बा, गमला र अन्य सामानमा जमेको पानी फाल्न स्थानीयलाई सम्झाउने र सिकाउने कार्य जारी छ ।

यो जातको लामखुट्टेले दिउसो मात्र टोक्ने भएकाले सजग र सचेत हुन प्राविधिकहरुले आग्रह गरेका छन् । एकातिर सर्वसाधारणहरु डेंगु संक्रमणबाट आतंकित भईरहेका छन् भने अर्कोतर्फ निजी अस्पतालहरुले भने डेंगु परीक्षणका नाममा महंगो शुल्क असुल्न थालेका छन् ।

करिब ४ सय रुपैया पर्ने टेष्ट किटबाट परिक्षण गरिएको विराटनगरको नोबेल अस्पतालले २५ सय रुपैयासम्म लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । उनीहरुले महंगो शुल्क लिएकाले कारवाहीको दायरामा ल्याउन आग्रह समेत गरेका छन् । न्युज २४बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्