प्रदेश १ का डिआईजी रिजालको सरुवा, प्रदेश प्रहरी प्रमुखमा अख्तियारमा बसेका ज्ञवाली आउने

<span class='c1'>प्रदेश १ का डिआईजी रिजालको सरुवा, प्रदेश</span> <span class='c2'>प्रहरी प्रमुखमा अख्तियारमा बसेका ज्ञवाली आउने</span>

विराटनगर, ३२ जेठ ।
नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो ।

प्रदेश १ का प्रहरी नायव महानिरिक्षक केदार रिजालको प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनाय नक्सालमा सरुवा भएकोछ । यस अघि यो ठाउँमा डिआईजी विश्वराज पोखरेल रहेका थिए । डिआईजी पोखरेलको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएको छ ।

डीआईजी केदार रिजालको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय सरुवा भएसँगै प्रदेश १ प्रहरी कार्यालयको प्रमुखको रुपमा ठाकुर ज्ञवाली आउने भएका छन् । उनी यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्