विराटनगरमा ‘प्याब्सन आँगनको अडिसन’ २५० प्रतियोगी मध्ये १६५ जना छानिए

<span class='c1'>विराटनगरमा ‘प्याब्सन आँगनको अडिसन’ २५०</span> <span class='c2'>प्रतियोगी मध्ये १६५ जना छानिए</span>

विराटनगर, ३२ जेठ । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनौट चरणको अडिसन सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना गरेकोे अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको हो ।

८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । पहिलो अडिसनबाट १६५ जना छनौट भएको उनले बताए । अध्यक्ष राइका अनुसार नृत्यतर्फ ९६ र गायनतर्फ ६५ जना छनौट भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइन असार १३ गते हुनेछ ।
‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ शुरु भएको प्रतियोगितातालाई बिद्यालयहरुले उत्सवको रुपमा लिएका छन् ।
पहिलो अडिसनमा सोचेभन्दा राम्रो संख्यामा प्रतियोगिहरूले भाग लिएको राईले बताए । ‘प्याब्सन विराटनगरले पहिलो पटक आयोजना गरेको सृजनात्मक प्रतियोगितामा उत्साहजनक विद्यार्थीको सहभागि छ,’ अध्यक्ष राईले भने, ‘प्याब्सनले गर्ने यो प्रतियोगिता निष्पक्ष र भव्य रूपमा सम्पन्न हुनेछ ।’

विद्यालयमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कला क्षमताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगी फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरि फाइलनमा १०÷१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगद र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने अध्यक्ष राईले बताए ।
उक्त प्रतियोगिताको फाइनल विराटनगर साउन २४ गते हुनेछ । एकल नृत्यतर्फको प्राविधिक संयोजकमा निश्चल मगर रहेका छन् भने गायनतर्फको प्राविधिक संयोजकमा सुमन श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्