विराटनगर, ३२ जेठ ।
माउण्टेन सेवा समाजले इटहरी उप नगरपालिका वडा नम्बर ८ की अपाङ्गता भएकी बालिकालाई सहयोग गरेको छ । ९ बर्षिय बालिका सन्धिका पौडेललाई माउण्ट एभरेष्ट सेवा समाजले नगद पाँच हजार १ सय ५० रुपैयाँ सहित एकथान ह्वील चियर वितरण गरिएको हो ।
साथै लता कपडा स्टेसनरी सामान पनि वितरण गरिएको छ। अपाङ्गता भएकै कारण बिद्यालय समेत जान नसक्ने ति सन्धिकालाई आफ्नो ब्यक्तिगत खर्च, कपी, कलम, पेन्सील समेत उपलब्ध गराईएको संस्थाका उपाध्यक्ष अनिस खुलालले बताए ।
उनले आफ्नो ब्यक्तिगत दैनिक खर्चलाई कटौती गरी सन्धिकालाई आर्थिकसँगै शैक्षिक सहयोग गरिएको सुनाए । अनिसले आगामी दिनमा पनि यसैगरी सामाजिक उत्तर दायित्व बहन गर्ने उनले स्पष्ट पारे ।