बिराटनगर असार १ ,
पोखरिया कराते डोजो बिराटनगरका कराते खेलाडीहरुको जुनियर बेल्ट टेस्ट ( ग्रेडिङ्ग) सम्पन्न भएको छ । शनिबार आयोजित एक कार्यक्रममा दोजोका प्रमुख प्रशिक्षक बिनोद कुमार राउत, नेपालमा करातेका संस्थापक सदस्य बालकृष्ण भट्टराई , इन्द्रेणी पार्टी प्यालेसका प्रोपराइटर रमेस राउत , लियो क्लब युनिकका पेरिस सुवेदी , पोखरिया कराते डोजोका सिनियर खेलाडीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा तीस जना खेलाडीहरुको ग्रेडिङ्ग भएको थियो ।