विश्वकप क्रिकेट : विश्वकपकै रोमान्चक खेल आज , भारत र पाकिस्तान भिड्दै

विश्वकप क्रिकेट : विश्वकपकै रोमान्चक खेल आज , भारत र पाकिस्तान भिड्दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ । विश्वकपकै ठुलो खेलको रुपमा रहेको भारत र पाकिस्तानबीचको खेल ओल्डट्राफोर्डमा मैदानमा हुनेछ । उपाधि दाबेदारका रुपमा रहेका दुबै टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुई ठूला प्रतिद्वन्द्वी जितसहित मैदान उत्रने छन् ।

विश्व क्रिकेट जगतमा भारत र पाकिस्तानबीचको खेल सबै भन्दा रोमान्चक रुपमा लिइने गरिन्छ । विभिन्न द्वन्द्वका कारण सधैँ चर्चामा देखिने दुबै देश विश्वकप क्रिकेटको समयमा पनि उस्तै देखिन्छन् । दुबै टोलीबीचको खेल प्रतिष्ठको जितको रुपमा पनि लिइन्छ । त्यसैले आजको खेलमा दुबै टोली जितकै लागि संघर्ष गर्नेछन् । यस अघिको तीन खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ । भारत तुलनात्मक रुपमा पाकिस्तान भन्दा बलियो टोली हो ।

यता, ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानले ३ अंक जोडेको छ । पाकिस्तान आजको खेलमा भारतलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पछिल्लो पाँच भेटमा भारतले ४ जित निकालेको छ । पाकिस्तानले १ खेलमा जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्