आज विश्वकप बिशेष हुने , भारत र पाकिस्तानबीचको खेल , केवल खेल मात्रै हैन !

आज विश्वकप बिशेष हुने , भारत र पाकिस्तानबीचको खेल , केवल खेल मात्रै हैन !

बीबीसी । रंगले पोतिएको अनुहार । दर्शकले खचाखच भरिएको मैदान र उनीहरुको साथमा आ–आफ्नो देशको झण्डा । क्रिकेट स्टेडियममा मात्र नभई सबै घर–घरका टीभी च्यानलदेखि लिएर क्याफे होटलहरुमा पनि मान्छेहरुको जमात देख्न सकिनेछ आजको खेलमा ।

विशेष गरि भारत र पाकिस्तानका घरहरुमा खानादेखि लिएर खाजासमेतको पहिलेदेखि तयार रहेको हुन्छ । यो सबै हुन्छ । जब भारत र पाकिस्तानबीचको खेल हुन्छ । कुरा विश्वकपको आउँछ यो अझै रोमान्चक हुन्छ । खबरका अनुसार भारत र पाकिस्तानबीचको खेलका लागि ५ लाख जनाले लिन चाहेको टिकट मात्र २५ हजारलाई उपलब्ध भयो ।

दुबै टोलीका खेलाडी र कप्तान आजको खेलको लागि तयार छन् । उनीहरुले खेलमा कुनै पनि दबाब  हुँदैन भने पनि भारत र पाकिस्तानबीचको खेलमा दबाब भने पक्कै हुन्छ । पाकिस्तान र इङ्ल्यान्डबीचको खेलमा जित निकालेपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले भारतविरुद्ध आफ्नो टोलीले यही लयलाई कायम राख्ने बताएका थिए ।

“यदि हाम्रो टोलीले नराम्रो खेलमा सबैकुरा सहनुपर्नेछ, हाम्रो टोलीले भारतविरुद्ध जित निकालेमा यसको खुसी बेग्लै हुनेछ”, उनले भने, पाकिस्तानले भारतसँगको खेल अन्य देशसँग जस्तै खेल्दैन यो बेग्लै हुन्छ, हाम्रो टोलीमा केही नयाँ खेलाडी छन् उनीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्नेछन् । पाकिस्तानी टोली पहिले को जस्तो छैन,” सर्फराजले भने ।

यता भारतका कप्तान विराट कोहलीले तयारी र खेलाडीको मिहिनेतले आफ्नो टोलीले जित निकाल्ने बताए । “तयारीको हिसाबले भन्नेहो भने हामीले आफ्नो क्षमतामा विश्वाश गरेका छौँ, राम्रो खेल पस्कन सकेमा जित निश्चित छ । अर्काे टोलीको कमजोरी र क्षमतालाई बुझेर पनि खराव खेलमा जित्न मुस्किल हुनेछ,” कोहलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्