विराटनगरका होटलहरुले लगानी बढाए, होटल ईस्टर्न स्टार र स्वागतममा ५ करोड थप

विराटनगरका होटलहरुले लगानी बढाए, होटल ईस्टर्न स्टार र स्वागतममा ५ करोड थप

विराटनगर, १ असार ।
विराटनगरका होटलमा लगानी बढेको छ । पुराना होटल संचालकहरुले बजारमा प्रतिस्पर्धिको रुपमा अन्य होटलहरु आएपछि लगानी बढाएका हुन् ।

विराटनगरको पुराना चलेका होटलहरु होटल स्टर्न स्टार, होटल स्वागतम लगायतका ठुला होटलहरुले समेत लगानी बढाएर सेवा सुबिधा समेत बढाएको जनाएका छन् । होटन स्वागतमका संचालक राजन श्रेष्ठले होटलहरुमा लगानी बढाईएको बताए । उनले होटलको सजावट तथा सेवा सुबिधा बढाईएकोले झण्डै ५ करोड लगानी थपिएको जानकारी दिए । श्रेष्ठका अनुसार होटलको सेवामा सुधारका लागि कोठा अपग्रेड, लिफ्ट सिस्टम र रिसेप्सनलाई ब्यवस्थित गरिएको बताए ।

होटल स्टर्न स्टारका संचालक तथा पर्यटन ब्यवसायी भविश श्रेष्ठले होटलमा ५ करोड लगानी थपेको बताएका छन् । पहिला २६ कोठा रहेको होटलमा अहिले कोठाहरु थप गरेर ४८ वटा बनाईएको छ । लिफ्टको सुबिधा नभएको अबस्थामा उपभोक्ताको चाहना र हितलाई लक्षित गरि होटलमा लिफ्टको ब्यवस्था गरिएको छ । लगानी बढेसँगै होटलले सुबिधा सम्पन्न दुईवटा हल निर्माण गरेको छ । करिब ६ सय जना अट्ने क्षमता भएको र २ सय अट्न सक्ने क्षमता भएको हल समेत समेत निर्माण गरिएको छ ।
त्यस्तै होटल कम्पाउण्ड भित्र करिब एक सय गाडी पार्किङ गर्न सक्ने गरी होटलले सुबिधामा थप गरेको छ । अत्याधुनिक सुबिधा सम्पन्न दुईवटा रेष्टुरेन्ट समेत संचालनमा ल्याईएको होटलका संचालक श्रेष्ठले जानकारी दिए ।ठुला होटल आएपछि
विराटनगरमा पछिल्ला ४ बर्षमा ठुला ३ वटा होटल थपिएका छन् । होटल एसियाटिक, होटल ह्यारिसन र बिग होटल नयाँ संचालनमा आएका ठुला र सुबिधा सम्पन्न होटल हुन् । यी होटलहरु करोडौ लगानी गरी संचालनमा आएपछि पहिला राम्रा भनिएका होटलहरुलाई लगानी थप्न बाध्यता बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्