प्रदेश सरकारले प्रदेश १ मा एकबर्ष नियमित काम गर्ने कर्मचारीलाई २५ हजार सहित ६ दिन बिदा दिने

प्रदेश सरकारले प्रदेश १ मा एकबर्ष नियमित काम गर्ने कर्मचारीलाई २५ हजार सहित ६ दिन बिदा दिने

विराटनगर,१ असार ।
प्रदेश सरकारले कर्मचारीको तलव बृद्धी गरेको छ । राष्ट्रसेवक कर्मचारीको मनोवल उच्च राखी कार्य सम्पादनको स्तर वृद्धि गर्न र जनसेवा प्रति समर्पित वनाउन संघीय बजेटमा व्यवस्था भए बमोजिम नै प्रदेश तथा स्थानीय तहमा कार्यरत राजपत्रांकित तहको कर्मचारीहरुका लागि शुरु तलवमानमा १८ प्रतिशत र राजपत्र अनंकित तहका कर्मचारीहरुका लागि शुरु तलवमानमा २० प्रतिशत तलव वृद्धि गरिएको छ ।

त्यस्तै संघीय सरकारबाट निर्धारण भएको तथा कायम हुने तहगत प्रणाली अन्तर्गतको तलव, ग्रेड, महंगी भत्ता, संचयकोष, पोशाक खर्च, विमा लगायतका अन्य आर्थिक सुविधाहरु प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हकमा समेत लागु गर्ने प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएकोछ ।
प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि तथा प्रशासनिक कर्मचारीको क्षमता अभिवृद्धि एवम् प्रशिक्षण प्रदान गर्न प्रादेशिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरी कार्य प्रारम्भ गर्न बजेट विनियोजन गरेको छ ।

पर्यटन वर्ष २०२० लाई सार्थक र सफल पार्नका लागि योगदान पुर्याउन संघीय सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्य स्थल मध्ये प्रदेशमा परेका स्थललाई प्रवर्धन गर्न साथै अन्य विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक सरकारले रकम बिनियोजन गरेको छ ।
त्यस्तै पर्यटन वर्षको प्रवर्द्धनका लागि प्रदेश १ मा नियमित रुपमा एक वर्ष कार्यावधि पुरा गरेका कर्मचारीहरुलाई र यस प्रदेशमा समायोजन भई एक वर्ष कार्यावधि पुरा गरेका कर्मचारीहरुलाई नेपाल भ्रमणका लागि ६ दिनको विदा र २५ हजार एकमुष्ठ प्रदान गरिने बजेट बक्तब्यमा उल्लखे गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्