विराटनगर विमानस्थलबाट ३८ राहदानीसहित विनोद खवास पक्राउ

विराटनगर विमानस्थलबाट ३८ राहदानीसहित विनोद खवास पक्राउ

विराटनगर,१ असार ।   विराटनगर विमानस्थलबाट एक व्यक्तिलाई ३८ थान राहदानीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ११ बजे सुनसरीको इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

विराटनगर विमानस्थलमा खटिएको प्रहरी टोलीले खवाससँग राहदानी फेला पारी नियन्त्रणमा लिएको उनको भनाइ छ। पक्राउ परेका खवासलाई थप अनुसन्धान तथा कारबाहीका लागि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्