विराटनगरको गोल्डेन हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहक र कर्मचारीले विशेष छुट पाउने

विराटनगरको गोल्डेन हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहक र कर्मचारीले विशेष छुट पाउने

विराटनगर,१ जेठ ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौतापश्चात बैंकका  डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।  यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्