बिराटनगरको हिमालय दर्शन कलेजमा आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज

बिराटनगरको हिमालय दर्शन कलेजमा आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज

बिराटनगर असार २ ,

बिराटनगर-९ रोडशेष चोक नजिकै रहेको हिमालय दर्शन कलेजमा बिद्यार्थीहरुको आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज बढ्न थालेको छ । त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका बिभिन्न कोर्ष पढाई हुने उक्त कलेजमा स्नातक पढ्न चाहने बिद्यार्थीको क्रेज बढेको हो ।

बिराटनगरको शिक्षादिप कलेज र मेरिल्याण्ड कलेजको संयुक्त व्यस्थापनमा संचालित उक्त कलेजमा हाल बिबिएस , बिएचएम (होटेल म्यानेजमेन्ट),बिआइएम,बिएसी सीएसआइटी,बिसीए लगायतका कोर्ष पढाई हुने गर्दछ ।

बिशेषगरेर आइटी पढ्न चाहने बिद्यार्थीको लागि कलेजले बिभिन्न खाले कोर्ष दिदै आएको छ । कलेजले यसैबर्ष देखि बिएचएम (होटेल म्यानेजमेन्ट) को कक्षा पनि संचालनमा ल्याउन लागेको कलेजका निर्देशक ज्ञानु खड्काले जानकारी दिए । टुरिजम क्षेत्रको बिकास संगै उक्त क्षेत्रसंग सम्बन्धित रहेको होटेल व्यवसायलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ उक्त कोर्ष संचालनमा ल्याउन लागिएको खड्काले बताए ।

कलेजले बिद्यार्थीहरुका लागि प्रयोगात्मक कक्षा साथै बिभिन्न आइटी क्षेत्रका ख्यातिप्राप्त सस्थासंग बिद्यार्थीलाई जोड्न पनि साझेदारीको कार्यक्रम अघि बढाएको कलेजले जनाएको छ ।

२०७० सालमा संचालनमा आएको उक्त कलेज गत बर्षबाट शिक्षादिप कलेज र मेरिल्याण्ड कलेजको संयुक्त व्यस्थापनमा संचालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्