बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल सम्पन्न, अर्नब र अनुज्ञा मिस्टर एण्ड मिस टिन बने

बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल सम्पन्न, अर्नब र अनुज्ञा मिस्टर एण्ड मिस टिन बने

कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम , पहिलो रनरअप शाक्षी प्रधान , दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च्वाइस अवार्ड अर्तिमा बस्नेतले जित्न सफल भएकी थिइन्  ।

यता , मिस्टर टिन तर्फ पब्लिक च्वाइस अवार्ड र बिजेता अर्नब दत्त , पहिलो रनरअप आर्य थापा , दोस्रो रनरअप रिजन रेग्मीले जित्न सफल भएका थिए ।

फिनालेको निर्णायकको रुपमा मुख्य निर्णयक फेशन डिजाइनर उत्तम बनेपाली श्रेष्ठ , नायिका रेश्मा घिमिरे , मोडल विकल्प राज श्रेष्ठ , ब्यापारी स्वतन्त्र प्रताप शाह , मिस ग्राण्ड नेपालका निर्देशक राम केसी रहेका थिए । कार्यक्रम संचालन मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा मिस नेपाल कै मेकअप आर्टिस्ट रिता ढकाल र सुशील स्वेक्षा रहेका थिए । कार्यक्रममा गाउन रोयल भेल्भेट बुटिक साथै क्याजुअल ड्रेस गाइज ग्यलरीले उपलब्ध गराएको थियो ।

बिजेताले बिभिन्न पुरस्कार साथै अवार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्