रंगेली डाईनिया सडक खण्डमा राती ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

रंगेली डाईनिया सडक खण्डमा राती ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, २ असार।  मोरङको सुनवर्षी नगरपालिका-९ भेडुवाथानमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।

रंगेली डाईनिया सडक खण्डमा राती पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका-४ अमरदह बस्ने वर्ष ४५ को दिलिप कुमार बि.क. गम्भीर घाइते भई उपचारको लागि रंगेली अस्पतालमा उपचारको क्रममा   मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्