मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

विराटनगर, २ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा सोमबार बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ ।
आज विहान बिहान करिब साढे ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३१ को गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेको देखे पश्चात तत्काल मेन स्विच मार्ने क्रममा निजको श्रीमती बर्ष ३० की सम्झना खड्कालाई समेत करेण्ट लागेको थियो ।
करेण्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्रथामिक स्वास्थ केन्द्र बेल्टार पठाईएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।
घाइते सम्झनालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्