बझाङमा जीप दुर्घटना हुदाँ नौ जनाको मृत्यु, छ जना घाइते

बझाङमा जीप दुर्घटना हुदाँ नौ जनाको मृत्यु, छ जना घाइते

बझाङ २ असार । जिल्ला सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठीमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । छ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ । जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न छैन ।

जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसीकाअनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्धारमा निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।

बाह्खरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्