कोशी अञ्चल अस्पतालमा प्रणामी समाजद्धारा विरामीलाई भोजन

कोशी अञ्चल अस्पतालमा प्रणामी समाजद्धारा विरामीलाई भोजन

विराटनगर, २ असार । श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराएको २० औं पटक पुगेको छ । विरामीलाई भोजन गराएको एक वर्ष पुरा भएको अवसरमा विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा आइतबार निःशुल्क भोजन गराएको छ । हस्पिटलमा भर्ना भएका बिरामी र कुरुवालाई निःशुल्क भोजन गराएको श्री कृष्ण कृष्ण प्रणामी युवा परिषद् मोरङका अध्यक्ष गोपाल प्रसाद ढकालले जानकारी दिए ।
धार्मिक संस्था भए पनि सामाजिक कार्यमा पनि हात अगाडी बढाउदै विरामीको कुरुवाहरुलाई भोजन गराईएको उनले बताए । विरामी र कुरुवाहरूलाई भोजन गराउन थालेको २० औ पटक भएको उनले जानकारी दिए । सामाजिक कार्य अनुरुप युवा परिषद्ले विभिन्न सघ संस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको छ ।
‘अहिलेसम्म हामीले विभिन्न स्थानमा पुगेर भोजन गराउँदै आएको छौं,’ अध्यक्ष ढकालले भने, ‘पूण्य कमाउन हामीले यसरी बिरामी र कुरुवा तथा असहायहरूलाई भोजन गराउँदै आएका छौं ।’ पूण्य काममा कसैले सहयोग गर्ने चाहे सहयोग गर्न संस्थाले सार्वजनिक अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्