विद्यार्थीको कुटेको आरोपमा पत्रकारदेखि मोडलसम्म पक्राउ, महासंघद्वारा निलम्वन

विद्यार्थीको कुटेको आरोपमा पत्रकारदेखि मोडलसम्म पक्राउ, महासंघद्वारा निलम्वन

उदयपुर २ असार । उदयपुरमा गएको आईतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका स्थानीय पत्रकार देवराज राई पक्राउ परेका छन। पत्रकार राई सहितको चार जनाले समुहले चौदण्डीगढी नगरपालिका– ६ स्थित ज्योती बहुमुखि क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका हुन।
बिएड प्रथम वर्षमा अध्यायनरत बिद्यार्थी माथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेल्टरले पक्राउ गरेको जानकारी दिएको हो। क्याम्पसमा दिउँसो ४ः ३० बजे शिक्षकले पढाई राखेको अबस्थामा कक्षा कोठामा नै पुगेर बिएड प्रथम वर्षका अजय राईलाई कुटपिट गरेपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक गंगा पौडेलले बताए।
शिक्षक द्रोण पराजुलीले पढाई राखेको अबस्थामा एक्कासी पत्रकारहरु कक्षा कोठामा पसि बिद्यार्थीमा माथि कुटपिट गरेको प्रहरी निरिक्षक पौडेलको भनाइ छ। ‘कक्षा कोठामा पढाई राखेको बेला एक्कासी बिद्यार्थी माथि कुटपिट गरि शैक्षिक बातावरण धमिल्याउने काम भएको छ,’ उनले भने, ‘तत्काल प्रहरीलाई खबर आयो पक्राउ गरी सोमबार सार्वजानिक हित, शान्ति तथा स्वास्थ्य विरुद्ध अपराध मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाएका छौ।’
पत्रकार राई उदयपुर पत्रकार महासंघमा आवद्ध साधारण सदस्य, गाईघाटबाट प्रकाशित हुने त्रियुगा एक्सप्रेस दैनिकका कार्यकारी सम्पादक हुन। राईको टोलीमा उदयपुरबाटै प्रकाशन हुने उदयपुर सिम्रिक दैनिकका कार्यकारी सम्पदक रहेका उल्टोमोटर साइकल यात्री चित्रकुमार कार्की, पत्रकार नै भनि हिड्ने हेण्डवल खेलाडी तथा मिस प्रदेश १ की विजेता रमिला बस्नेत रहेकी छिन। कार्की र बस्नेत पत्रकार महासंघमा आवद्ध छैनन। राई, कार्की र बस्नेतको टोलीमा स्थानीय युवा शिव रोईला समेत पक्राउ परेका छन। पक्राउ परेका सवै चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकावासी हुनु। प्रहरीका अनुसार विद्यार्थी पत्रकाबीच भएको झगडाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताएको छ।
पत्रकार महासंघ उदयपुरद्वारा राई निलम्वित
पत्रकार महासंघ उदयपुरका शाखा अध्यक्ष भरत खड्का र सचिव पशुराम थापाले एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ उदयपुरका साधारण सदस्य देवराज राईलाई निलम्वन गरेको घोषणा गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय परिसर भित्र प्रवेस गरी अध्ययन गरिरहेका विद्यार्थीहरु माथि यो घटना प्रति महासंघ दुखी छ। यसर्थ घटनाको निश्पक्ष छानविन गरी यथार्थ जानकारी ल्याई दिन समेत हामी सम्बन्धित निकाय सँग अपिल गर्दछौ।
साथै घटनामा संलग्न पात्रहरु चित्र कार्की, रमिला बस्नेत महासंघका सदस्य समेत नरहेको जानकारी गराउदै महासंघका साधरण सदस्य देवराज राईलाई नेपाल पत्रकार महासंघको विधानको दफा ३२ अनुसार पत्रकार आचारण विपरित कार्य गरेकाले अनुसन्धानलाई सहयोग पु¥याउनको लागि निज राईलाई महासंघको साधरण सदस्यता निलम्बन गरिएको व्यहोरा यसै विज्ञप्तिद्धारा जनसमुदायलाई जानकारी गराउदछौ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्