मोरङ व्यापार संघका विजयी पदाधिकारीको पदभार ग्रहण, नयाँ कार्यसमितिको पदावधि २ बर्ष

मोरङ व्यापार संघका विजयी पदाधिकारीको पदभार ग्रहण, नयाँ कार्यसमितिको पदावधि २ बर्ष

विराटनगर, २ असार । व्यापार संघको ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट विजयी पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको अध्यक्षमा प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्षमा नविन रिजाल, वाणिज्य उपाध्यक्षमा विकास वेगवानी, उद्योग उपाध्यक्षमा अनुपम राठी, महासचिवमा अनिल साह र सचिवमा अनिल सारडाको पदस्थापन गरिएको हो । यस्तै उद्योग तर्फका सदस्यहरुमा दीपेश सुवेदी, आशीष जाजू, पवन राठी, सुनिल टिवडेवालले पदभार ग्रहण गर्नुभएको छ ।
यस्तै वाणिज्यतर्फ अनिलकुमार साह, मनीषकुमार मारु, राजेशकुमार अग्रवाल, देवाशीष गोल्छा, विनित सिंघानीया, सुशील सुरानाले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दे नवनिर्वा्चित अध्यक्ष प्रकाश मुन्दडाले ऐतिहासिक औधोगिक नगरी विराटनगरमा औधोगीक ग्राम लगायत औद्योगिक संरचनाहरुको स्थापना गराउने र स्वदेशी उत्पादनहरुको संरक्षण र प्रवद्र्धनका लागि काम गर्ने बताउनु भयो ।
यस्तै उर्जा आपूर्तिलाई थप सुधारका लागि सम्बन्धीत निकायमा पहल गर्ने, पर्यटन बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन सम्बन्धीत निकायसँग समन्वय गर्ने बताउदै वृक्षारोपण अभियान२०२० लाई आत्मसाथ गर्दे १० हजार वृक्षारोपण गरी विराटनगरलाई ग्रीन सिटी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व अध्यक्षहरु ताराचन्द खेतान, नन्दकिशोर राठी, खेमचन्द्र लालवानी, शंकरलाल अग्रवाल, जीवन नेपाल, महेश जाजु, पवन सारडा लगायतले उद्योग तथा व्यापारको सामूहिक हितका लागि नयाँ नेतृत्वले उदारहणीय काम गर्न सकोस् भनी सफलताको शुभकामना दिनुभएको थियो । नयाँ कार्यसमितिको पदावधि २ बर्षको रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्