विरेन्द्र सभागृहको ४ करोड रकम फ्रिज भएको बारेमा विराटनगर महानगरको आयो बिज्ञप्ती

विरेन्द्र सभागृहको ४ करोड रकम फ्रिज भएको बारेमा विराटनगर महानगरको आयो बिज्ञप्ती

विराटनगर, २ असार ।
विराटनगर महानगरपालिकाले बिरेन्द्र सभागृहको ४ करोड रकम फ्रिज भएको बारेमा कार्यालयको तर्फबाट बिज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित बिरेन्द्र सभागृहको स्तरोन्नती तथा पुनः निर्माण सम्बन्धमा संघीय मामिला तथा सामान्य प्शासन मन्त्रालयबाट यस सम्बन्धमा संघीय मामिला तथा सामान्य प्शासन मन्त्रालयबाट यस आर्थिक बर्ष २०७६÷७६मा विनियोजित ४ करोड रकम महानगरपालिकाले खर्च नगरेको भन्ने सम्बन्धी बिभिन्न संचार माध्याममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले एक प्रेस बिज्ञप्ती जारी गर्दै बिराटनगर महानगरपालिकाको बिरेन्द्र सभागृहको मर्मच सम्हारकोलागि आएको ४ करोड फ्रिज भएको सम्बन्धमा बिज्ञप्ती जारी गर्दै स्पष्ट पारेको हो । मेयर पराजुलीले जारी गरेको विज्ञप्तीमा वीरेन्द्र सभागृह मर्मत सम्भार अभाव भएकोमा संसघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबू पण्डितसँग अनुरोध गरी महानगरले उक्त बजेट २०७५ साल माघमा प्राप्त भएको जनाईएको छ ।
‘प्राप्त बजेटबाट डिपिआर तयार गर्नको लागि तत्काल आबश्यक प्रक्रिया अघि बढाईसकिएको हो, बिज्ञप्तीमा भनिएको छ, उक्त डिपिआर तयार भई २०७६ साल जेठ ६ गते प्राप्त भएको थियो ।’
जरी बिज्ञप्तीमा ४ करोड रकमबाट मात्र टेण्डर प्रक्रियामा जान नसकिने भएको कारण उपभोक्ता समिति मार्फत समेत गराउन नमिल्ने बिज्ञप्तीमा भनिएकाृ छ । अत्याधुनिक तथा ब्यवसायिक सम्मेलन गृह बनाउनको लागि २२ करोड लागत अनुमान प्राप्त भएकोमा सार्बजनिक खरीत नियमावली २०६४ को छ्रठा्रँ संसोधनले स्पष्ट रुपमा आवश्यक पर्ने बजेटको श्रोत सुनिस्चितता पस्चात मात्र खरीद प्रक्रियामा जानुपर्ने ब्यवस्था भएकोले समेत ४ करोड मात्रमा टेण्डरमा जान नसकिने महानगरपालिकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । श्रोत सुनिश्चित गरेपछि मात्र टेण्डर प्रक्रियामा जाने र कार्य सुचारु हुने स्पष्ट पारेको छ ।
यस्तो छ विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्