विद्यालय व्यवस्थापन समिति अध्यक्षमा स्थानीय तहका प्रमुखको मनोमानी भएपछि मन्त्रालयसँग गुहार

विद्यालय व्यवस्थापन समिति अध्यक्षमा स्थानीय तहका प्रमुखको मनोमानी भएपछि मन्त्रालयसँग गुहार

विराटनगर, २ असार । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले स्थानीय तहको प्रमुखको मनोमानीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने भएको आरोप लगाएको छ । महासंघले यस्ता कार्य तत्काल रोक्न माग गर्दे प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष पेशलकुमार राईले संघीयताको मर्म र संविधानको भावना विपरीत सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी र माहाकुलुङ गाँउपालिकाले अलोकतान्त्रिक विधि र प्रक्रिया मार्फत विद्यालय व्यवस्थापन समिति भंग गरेको आरोप लगाए । उनले यस्ता कार्य तत्काल रोक्न माग गर्दे सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापन पत्र बुझाईएको बताए ।
स्थानीय तहको प्रमुखको मनोमानीमा व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने कदम भएको भन्दै तत्काल बन्द गरी अभिभावक भेला मार्फत विद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन गर्नु पर्ने, विद्यालय व्यवस्थापन समितिमा ६० प्रतिशत अभिभावकको प्रतिनिधित्वको व्यवस्था कायम गर्नुपर्ने समेत माग राखिएको छ ।
ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय शिक्षा ऐन र प्रदेश शिक्षा ऐन निर्माणको अवस्थामा रहेको बताउदै समस्या आउन नदिन पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्