बिराटनगरकी सिम्रन ट्रेन्डीङमा , स्ट्यान्ड अप कमेडीले आलोचना र प्रशंशा दुवै

बिराटनगरकी सिम्रन ट्रेन्डीङमा , स्ट्यान्ड अप कमेडीले आलोचना र प्रशंशा दुवै

बिराटनगर असार ३ , बिराटनगर घर भएकी सिम्रन पाण्डे अहिले चर्चामा रहेकी छिन । उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ ले उनि अहिले यूट्यूबमा ट्रेन्डिङमा आएकी छिन  ।

भिडियोमा टिन एजका युवाहरुको सोच र काहनी भरिएको कन्टेन्ट रहेको छ ।

नेपालमा एक किशोरीले निर्धक्क उक्त स्ट्यान्ड अप कमेडी’ गरेपछि उनि चर्चामा आएकी हुन् । यता , उनको भिडियोमा छाडा शब्द भएर ट्रेन्डिङमा पर्न सफल भन्नेहरु पनि रहेका छन् । उनि भिडियो आएको दिन नै बिभिन्न सामाजिक संजालमा भाइरल बन्न सफल भइन ।

उनको भिडियोको कमेन्टमा गालीभन्दा ताली बेसी छन् । धेरैले उनलाई ‘साहसी’ र ‘बोल्ड’ भनेका छन् ।

उनि आफैलाई पनि यो भिडियो यति धेरै भाइरल होला भन्ने नसोचेको बताइन । कहिले उनको भिडियोलाई गाली गरेपनि  सिम्रनलाई आफूले भिडियोमा बोलेको कुराहरुमा कुनै पश्चाताप छैन ।

 

उनि सानै देखि बोल्ड भएको उनका साथीहरुले बताएका छन् । सिम्रन भने चाँडै अध्ययनका लागि अमेरिका जाने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्