पत्रकारको तेस्रो चरणको आन्दोलन : विराटनगरमा हस्ताक्षर संकलन अभियान

पत्रकारको तेस्रो चरणको आन्दोलन : विराटनगरमा हस्ताक्षर संकलन अभियान

विराटनगर,३ असार । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग राख्दै मंगलबार देश भर हस्ताक्षर संकलन अभियान गरिएको छ ।

नेपाल पत्रकार महासंघको सर्कुलर अनुसार दुई चरणको आन्दोलनको समिक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विराटनगरमा पनि हस्ताक्षर संकलन भएको हो । विराटनगरमा तेस्रो चरणको आन्दोलन अन्र्तगत सञ्चारकर्मी, नागरिककर्मी, पेशाकर्मी , राजनीतिक दलका प्रतिनिधीहरुले हस्ताक्षर गरे ।

नेपाल पत्रकार महासघ मोरङ शाखाले आयोजना गरेको हस्ताक्षर संकलनको क्रममा पत्रकार सहित बिभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो । मोरङ शाखाले विधेयकको बिरुद्ध संकलित हस्ताक्षर आगामी असार ६ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल बिधेयक कुनै हालतमा मान्य नहुने बताए । उनले नागरिक तथा पत्रकारको अभिव्यक्ति स्वतन्त्रता नै हनन् गर्ने गरि संसदमा पेस गरेको विधेयक खारेज हुनु पर्ने माग राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्