विराटनगर ३ असार । विराटनगर ७ जलजल चोकमा रहेको ए टु जेड मोवाईल सेन्टरमा नयाँ मोवाइल खरिद गर्दा मोवाईलको विमा गरिने भएको छ । साथै मोवाईलको विमा गर्दा ग्राहकको पनि एक लाख बराबरको दुर्घटना विमा गरिने भएको छ ।
ग्राहकलाई नयाँ सेवा सुविधा लागी नयाँ अफर ल्याएको ए टु जेड मोवाईल सेन्टरका संचालक जगदिश डागाले जानकारी दिए । नयाँ मोबाइल खरिद गर्दा कुनै पनि ब्राण्डका मोबाइलको विमा गरिने उनले बताए । नयाँ मोबाइल किनेर हराएमा , पानीमा परेर बिग्रिएमा उक्त पसलमा गएर बिमा रकम दाबी गर्न सकिने संचालक डागाले बताए । बिमा रकमको लागि केहि पसलका सर्तहरु पनि लागु हुने उनले बताए ।