विराटनगरको पुसेट ईन्जिनियरिङ क्याम्पसमा तोडफोड, प्रमुखको कुर्सीमा विद्यार्थी आगो लगाए

विराटनगरको पुसेट ईन्जिनियरिङ क्याम्पसमा तोडफोड, प्रमुखको कुर्सीमा विद्यार्थी आगो लगाए

प्रेम देवान ।
विराटनगर, ३ असार । पूर्वाअञ्चल विश्व–विद्यालयको आङ्गिक क्याम्पस स्कुल अफ ईन्जिनियरिङ कलेज पुसेटका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । उनीहरुले क्याम्पस प्रमुखको कुर्सी समेत जलाएका छन् ।
विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षामा रहेको टेवल, कुर्सी र प्रशासन शाखाका झ्याल ढोका साथै सिसाहरु फुटाए हुन् ।
अझैसम्म पुसेट कलेजले ईन्जिनियरिङ काउन्सिलमा दर्ता नगरेको भन्दै विद्यार्थीहरु क्याम्पसको तोडफोडमा उत्रिएको गरेको विद्यार्थीले बताए ।
कलेजमा अध्ययनरत ईलोक्ट्रीकल दोश्रो, चौथौ र छैठौँ सेमेस्टारका विद्यार्थीहरुले सांकेतिक रुपमा आन्दोलन गर्दै आएका थिए । तर कलेजले अचानक मंगलबार सुचना प्रकाशित गरी एक महिना विदाको सुचना जारी गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
उनीहरुले काउन्सिलको मापदण्ड अनुसार दर्ता हुनु पर्ने, पुर्वाधार तयार हुनुपूर्व परीक्षा शुल्क मात्र तिरेर परिक्षा फर्म भर्न पाउनुपर्ने, नियमित पठन पाठन हुनुपर्ने जस्ता माग विगत लामो समयदेखि राख्दै आएको विद्यार्थी अकिल भटट्राईले जानकारी दिए ।

पास भएका विद्यार्थीहरुले कलेज काउन्सिलमा दर्ता नभएका कारण पास भएको सर्टिफिकेट काम नै नलाग्ने भएको भन्दै चाँडो दर्ता प्रकृयामा जान समेत उनीहरुले दवाव दिएका छन् । बिद्यार्थीहरुले ठुला लगानी गरेर ईलोक्ट्रोनिक्स र सिभिल ईन्जिनियरिङ पास गरेका बिद्यार्थीहरु घरको न घाटको भएको गुनासो गर्छन् । कलेजले अचानक सुचना टाँस गरी विदा दिएको भन्दै विद्यार्थीहरुले आपत्ती जनाएका छन् । असारको दोस्रो हप्तामा परीक्षा फर्म खुल्ने र भदौको दोस्रो हप्ताबाट परीक्षा हुने भएकोले कोर्ष नसकिने भन्दै विदा स्थगित गर्न बिद्यार्थीको माग छ ।अलमलमा क्याम्पस प्रमुख
पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ ईन्जिनियरिङ कलेज पुसेटका क्याम्पस प्रमुख मनोज कुमार हलवाईले कलेज सधै विद्यार्थीको पक्षमा रहेको बताए । कलेजले ईन्जिनियरिङ काउन्सिलमा दर्ता प्रकृयाका लागि सम्पुर्ण कार्य गरिसकेको हलुवाईले जानकारी दिए । तर मन्त्री पषदमा पुगेर प्रक्रिया रोकिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्