विराटनगरको होलील्याण्ड स्कुलमा विद्यार्थी लक्षित दन्त शिबिर

विराटनगरको होलील्याण्ड स्कुलमा विद्यार्थी लक्षित दन्त शिबिर

विराटनगर, ३ असार । विराटनगर १२ मा रहेको होलील्याण्ड बोर्डिङ स्कूलमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ।
विराट नर्सिङ होमको चिकित्सक टोलीले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको निःशुल्क दन्त शिविर गरेको हो ।
शिविरमा २ सय ७० जना विद्यार्थीहरुले स्वास्थ्य सेवा लिएका छन् ।

विराट नर्सिङ होमका डेन्टल चिकित्सक डा.लक्ष्मी प्रसाद चापागाईँको नेतृत्वमा रहेको चिकित्सकको टोलीले बिद्यार्थीको दन्त परिक्षण गरेको हो ।
बिषेश गरी दाँतमा हुने फोहोर, किराले सताउने रोग लगायत मुख र दाँतमा आउने समस्या नै बिद्यार्थीहरुमा देखिएको डा. चापागाईँले बताए । परिक्षण शिबिरबाट समस्या अलि बढी भएका एक सय ३० जना बिद्यार्थीहरुलाई नजिकैको अस्पताल वा बिराट नर्सिग होममा थप उपचारका लागि रेफर गरिएको उनको भनाई छ ।

उपचार गर्न आउने बिद्यार्थीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको थियो । नियमित घरमै हात, नङ, मुख, दाँत सफा राख्न सके यस्तो समस्या नहुने डा. चापागाईँको सुझाव दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बिगत बर्षहरु देखि नै विराट नर्सिङ् होमले बिभिन्न क्षेत्रमा गएर निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको अस्पताल प्रशासन प्रमुख पदम बिनाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्