मुख्यमन्त्री राईले भने, ‘न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु’

मुख्यमन्त्री  राईले भने, ‘न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु’

विराटनगर, ३ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ ।

विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित माक्र्सवाद अध्ययन अनुसन्धान केन्द्रको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट जनतामा आर्थिक समृद्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस पाठशालाबाट अध्ययनबाट हुर्केकाले वर्तमान सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै जनताको सुखी हुने सपना वर्तमान सरकारले पूरा गराउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको माध्यमबाट विकासको कार्य अघि बढीरहेको चर्चा गर्दै समृद्ध र सुखी समाज निर्माण गर्न सरकार कटिबद्ध रहेको टिप्पणी गर्नुभयो । उहाँले पुस्तकालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, अध्ययन अनुसन्धान कार्यमा विशेष सहयोग उपलब्ध गराउने बताउँदै पुष्पलाल चोक आसपासमा ज्येष्ठ नागरिकका लागि चौतारा निर्माण कार्यको आजदेखि पहल गर्ने जानकारी दिनुभयो ।

पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, ज्येष्ठ नागरिक तोया घिमिरेले केन्द्रको स्थापनाबाट माक्र्सवादी पुनःजागरण र समाजलाई रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । उक्त केन्द्रमा प्रत्येक शनिबार बिहान ६ देखि ८ बजेसम्म माक्र्सवादको राजनीतिशास्त्र, अर्थशान्त्र र दर्शनशास्त्र अध्ययन गराइने भएको छ ।

विसं २०२४ मा स्थापना भएको विष्णुमाया पुस्तकालयले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र, खाजाको व्यवस्था विद्युतीय पुस्तकालय, सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन र दैनिक बिहान योग अभ्यास गराउँदै आइरहेको छ अध्यक्ष गौतमले बताउनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्