विश्वकप क्रिकेट : आज न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्ने

विश्वकप क्रिकेट : आज न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्ने

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) एक खेल हुदैछ । आज हुने खेलमा उपाधि दाबेदार न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।दुबै टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः०० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् ।

न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । यता कमजोर अवस्थाबाट सुधारिँदै आएको दक्षिण अफ्रिका आजको खेलमा जित निकाल्दै प्रतियोगितामा अफुलाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

यसअघि चार खेल खेलेको न्युजिल्यान्ड ३ मा जित र १ मा बराबरी खेल्दै ७ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।  यता पाँच खेल खेलेको दक्षिण अफ्रिका १ खेलमा जित, १ खेलमा बराबरी र ३ खेलमा पारजित हुदै अंक तालिकामा पुछारबाट तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्