ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी कलेजको ५ वर्ष सम्मका लागी सदभावनादुत

ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी कलेजको ५ वर्ष सम्मका लागी सदभावनादुत

विराटनगर ४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी मल्टिपल कलेजका सद्भावनादुत भएका छन् ।
विराटनगर बरगाछीमा रहेको कलेजले आगामी ५ वर्ष सम्मका लागी सद्भावनादुतको लागी सम्झौता गरेको हो । कलेजले बुधबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजको सद्भावनादुतभएको जनाएको छ ।
कलेजका निर्देशक मनिस सोनीले कलेजलाई पढाईका अलवा खेलकुदलाई पनि अगाडी बढाउदै लगेको बताए । सोनीले भने ‘प्लस टु देखि स्नातकोत्तर तह अध्ययानपन गराउदै आएको कलेजले शिक्षासँगै खेलकुदलाई पनि अगाडी बढाईएको हो ।’ साथै कलेजले निकट भविष्यमा राष्ट्रिय स्तरको कलेज प्रतियोगता गराउने कलेजले जनाएको छ । राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लले कलेजको सद्भावनादुत हुन पाउदा गर्वको महशुस भएको बताए ।
अबको ५ वर्ष भित्र विराटनगरलाई पुन क्रिकेटको हव बनाउने प्रतिवद्धता जाहेर गरे । कुनैबेला क्रिकेटको हवको रुपमा चिनिन्थ्यो तर अहिले विचमा आएर सेलाएको छ,‘अब यसलाई पुन ताजगी बनाउने लक्ष्य रहेको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्