राष्ट्रिय सहकारी बैंक लिमिटेडको विराटनगरमा नयाँ कार्यलय उदघाटन्

राष्ट्रिय सहकारी बैंक लिमिटेडको विराटनगरमा नयाँ कार्यलय उदघाटन्

विराटनगर ४ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेड प्रदेश नम्बर एकको नयाँ कार्यलयको उद्घाटन गरिएको छ ।
नयाँ कार्यलयको प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका छन् । विराटनगर ९ मा रोडशेषमा रहेको पुरानो कार्यलयलाई स्थान्तरण गरी अहिले विरानगर ८ जलजला चोकमा रहेको छ ।
उद्घाटनपछि मन्त्री आङवोले आगामी दिनमा सहकारीसंगको साझेदारीबाट प्रदेशलाई समृद्ध बनाउदै लैजाने बताउनुभयो ।
मन्त्री आङ्बोले सहकारीमा लगानी भएको पुँजी राष्ट्रिय पुँजी रहेको बताउनुहुंदै त्यो पुँजीलाई उत्पादन तथा उद्यमशिलतासंग जोडेर अघि बढनुपर्ने बताउनुभयोे ।
उहांले सहकारीसंग साझेदारी र सहकार्यगर्न प्रदेश सरकारले उल्लेख्य बजेट बिनियोजन समेत गरेको जानकारी दिनुहुंदै तीन खम्बे अर्थनितिबाट दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी बैंकलाई थप बलियो बनाउने तरलता प्रयोजनले राखिने रकम सहकारी बैंकमैं जम्मा गराउनुपर्ने बिषयमा जोड दिनुभयो ।
हाल सहकारी बैंकको निक्षेप २४ अर्ब रहेको जानकारी दिनुहुंदै आगामी ४ बर्षमा ५० अर्ब पु¥याउने लक्ष्य रहेको बताउनुभयो । बैंकका निर्वतमान अध्यक्ष रमेशकुमार पोखरेल र जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले प्रदेश सहकारी ऐन र नियमावली अविलम्ब ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा उत्ृकष्ट आर्थिक कारोबार गर्ने विराटनगरस्थित स्टार बहुउद्धेशीय र तुलसी बहुउद्धेशीय सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको थियो । मन्त्री आङ्बोले दुवै संस्थाका प्रतिनिधिलाई कदरपत्र सहित सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्