विराटनगरमा राजस्व वृद्धिका लागि घरदैलो अभियान आजदेखि संचालन गर्ने

विराटनगरमा राजस्व वृद्धिका लागि घरदैलो अभियान आजदेखि संचालन गर्ने

विराटनगर, ५ असार ।
विराटनगर महानगरपालिकाले भोलिदेखि राजस्व वृद्धि अभियान अन्तर्गत घरदैलो कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
विराटनगर महानगरपालिको यो आर्थिक बर्षमा ५४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ३० करोड मात्र संकलन भएको जनाएको छ ।

तोकिएको लक्ष्य पूरा गर्न ३ देखि ५ जनाको समूहमा हरेक वडामा वडाध्यक्षको रोहबरमा घरदैलो अभियान संचालन गर्ने महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए । उनले घर तथा व्यवसाय संचालन गरेका ठाउमा गएर घरजग्गा पास भए नभएको बुझ्ने र कर नबुझाएका घर तथा व्यसायीलाई ७ दिन भित्रमा विराटनगर महानगरपालिकाको राजस्व महाशाखा तथा वडा कार्यालयमा पुगेर करचुक्ता गरिदिन अनुरोध शैलीको पत्र बुझाउने अभियान आजदेखि संञ्चालन गर्ने बताए ।
राजस्व वृद्धि अभियानले लक्ष्य अनुसारको कर संकलनमा सहयोग पुग्ने महानगरपालिकाले जनाएको छ । कर संकलनमा जानेहरुलाई आवश्यक प्रशिक्षण दिइएको पनि महानगरपालिकाले जनाएको छ । ६० जनाको टोली कर संकलनमा स्वयंसेवकका रुपमा खट्ने पनि प्रधानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्