सहकारीसंगको साझेदारीबाट प्रदेश १ लाई समृद्ध बनाउन सकिने ः मन्त्री आङ्बो

सहकारीसंगको साझेदारीबाट प्रदेश १ लाई समृद्ध बनाउन सकिने ः मन्त्री आङ्बो

विराटनगर, ५ असार ।
प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीसंगको साझेदारीबाट प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । मन्त्री आङ्बोले सहकारीमा लगानी भएको पुँजी राष्ट्रिय पुँजी हुने बताउँदै त्यो पुँजीलाई उत्पादन तथा उद्यमशिलतासंग जोडेर अघि बढनुपर्ने बताउनुभयो । उहांले सहकारीसंग साझेदारी र सहकार्य गर्न प्रदेश सरकारले उल्लेख्य बजेट बिनियोजन समेत गरेको जानकारी दिदै तीन खम्बे अर्थनितिबाट दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहांले कृषिको ब्यवसायिकरण तथा आधुनिकीकरण, समग्र प्रदेशको पुर्वाधार निर्माण र प्रदेश सरकारको प्राथमितामा रहेका क्षेत्रमा सहकारीको साझेदारी रहने विश्वास ब्यक्त गर्नुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी बैंकलाई थप बलियो बनाउने तरलता प्रयोजनले राखिने रकम सहकारी बैंकमैं जम्मा गराउनुपर्ने बिषयमा जोड दिनुभयो । उहांले हाल सहकारी बैंकको निक्षेप २४ अर्ब रहेको जानकारी दिनुहुंदै आगामी ४ बर्षमा ५० अर्ब पु¥याउने लक्ष्य रहेको बताउनुभयो । बैंकका निर्वतमान अध्यक्ष रमेशकुमार पोखरेल र जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले प्रदेश सहकारी ऐन र नियमावली अविलम्ब ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा उत्कृष्ट आर्थिक कारोबार गर्ने विराटनगरस्थित स्टार बहुउद्धेशीय र तुलसी बहुउद्धेशीय सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्