विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड शीर्ष स्थानमा

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड शीर्ष स्थानमा

लन्डन, असार ५ । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

इंग्ल्याण्डको बर्मीङ्घममा गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्डले अंक तालिकाको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डलाई प्रतिस्थापन गरेको हो ।

 

वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्यान्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि कप्तान केन विलियम्सनले अविजित रहँदै १०६ रन बनाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्यान्डले ५ खेलबाट ९ अंक जोडेको छ । जारी विश्वकपमा अपराजित न्युजिल्यान्डको यो पाँचौं खेलमा चौथो जित हो । भारतविरुद्धको एक खेल वर्षाले रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए ।

उता, दक्षिण अफ्रिकाको भने यो चौथो हार हो । ६ खेलबाट ३ अंक जोडेको दक्षिण अफ्रिका लिगको आठौं स्थानमा छ ।

विश्वकप क्रिकेटमा आज बंगलादेश र अष्ट्रेलिया भिड्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्