उद्योगी भीम घिमिरेले ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिए कै हो त.. ?

उद्योगी भीम घिमिरेले ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिए कै हो त.. ?

विराटनगर, ५ असार । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेमाथि ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिएको आरोप लागेको छ । विराटनगरस्थित परोपकार आधारभूत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा घिमिरेले जेठ ३२ गते उक्त अभिव्यक्ति दिएको भन्दै स्वतन्त्र पत्रकार संघ नेपाल मोरङ शाखाले विरोध जनाएको हो ।
शाखाले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा उद्योगपति घिमिरेले आफ्नो मन्तव्य दिने क्रममा जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे भन्ने आशय व्यक्त गरी पत्रकारिता पेशाको मानमर्दन गरेको प्रति ध्यान आकर्षण भएको जनाएको छ ।

[caption id="attachment_88150" align="alignnone" width="960"] नेपाल पत्रकार महासंघ मोरङ शाखाका सभापति बन्धु पोखरेल, सचिव अर्जुन आचार्य र सहसचिव सत्यनारायण शर्मालाई स्वतन्त्र पत्रकार संघ नेपाल मोरङ शाखाद्वारा जारी विज्ञप्ती हस्तान्तरण गर्दै संघका केन्द्रीय सदस्यहरु ।[/caption]

विज्ञप्तिमा शाखाका जिल्ला अध्यक्ष विजय खतिवडा, केन्द्रीय सदस्यहरु महाप्रसाद खतिवडा, महानन्द सापकोटा र देवनारायण साहको हस्ताक्षर छ । ‘यस अभिव्यक्तिको घोर भत्र्सना र निन्दा गर्दै यस भनाईप्रति उद्योग संगठन मोरङको पत्रकार र पत्रकारिता प्रतिको आधिकारिक धारणा माग गर्छौ,’ विज्ञप्तिमा भनिएको छ । प्रेसका विरुद्ध भ्रम सिर्जना गर्ने, मानमर्दन गर्ने लगायत अनुचित क्रियाकलाप र अभिव्यक्तिहरु सरकारका माथिल्लो ओहोदाका अधिकारीदेखि विभिन्न संघ संस्थाका जिम्मेवार पदाधिकारीबाट अभिव्यक्त भइरहनु पनि दुःखद् रहेको जनाइएको छ ।
उद्योगी घिमिरेले भने आफूमाथि लगाइएको आरोपको एक विज्ञप्ति जारी गर्दै खण्डन गर्नु भएको छ । ‘बोल्दै नबोलेको कुरा खै कसरी आयो म आफै अचम्ममा परें,’ उहाँले भन्नु भयो,‘ उद्योग संगठन मोरङ र समग्र उद्योगी व्यवसायीको संचार क्षेत्रको विरोध गर्ने कुनै नियत छैन ।’ घिमिरेले पत्रकारिता क्षेत्रको मर्यादालाई सधैं आफूले सम्मान गर्ने पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्