विराटनगरमा दिउसै मापसे गरेर सवारी साधन चलाउदाको परिणाम यस्तो निस्कीयो ( भिडियो सहित)

विराटनगरमा दिउसै मापसे गरेर सवारी साधन चलाउदाको परिणाम यस्तो निस्कीयो ( भिडियो सहित)

प्रेम देवान
विराटनगर ५ असार । दृष्यमा देखाइएको दृष्य झट्ट हेर्दा क्ुनै फिल्मको सुटिङ हो की भन्ने देखिन्छ । मादक पदार्थ सेवन गरी सवारी साधन नचार्औ दुर्घटनाबाट बचौँ भन्ने नारा अब नारामा मात्र सिमित होला जस्तो छ । यसको उदाहरण हो तपाईले हेरीरहनुभएको दृष्य अन्य कुनै ठाँउको नभएर विराटनगर १० संसारी माई स्थान छेउ अर्किड कलेज अगाडीको हो ।
हेर्दा सामान्य सामाचार लागे पनि समाचार भित्रको समाचार बन्ने विषय हो । दिउसै मादक पदार्थ सेवन गरी सवारी चलाएर गाडी रोडभन्दा बाहिर घारीमा पल्टीएको थियो ।
सिन्धुली कमलामाईका ४५ वर्षिय धन बहादुर मगरले चलाउदै आएको बा १२ च ६१७४ नम्बरको भ्यान घारीमा पल्टीएको थियो । सडकमा जताततै सवारी कुदाउदै गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनले कुदाएको सवारीले विराटनगर ४ बस्ते शुशिल घिमिरेलाई सामान्य ठक्कर दिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयबाट आएको प्रहरी टोलीले मापसे चेक गर्दा उनले मादक पदार्थ सेवान गरी सवारी चलाएको पत्ता लागेको थियो । घारीमा पल्टीएको गाडीलाई प्रहरी र स्थानियवसीले तानेर निकालेका थिए । मादक पदार्थ सेवन गरी सवारी चलाउने मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनसन्धान गरिरहेका मोरङ प्रहरीले जनाएको छ । उत्त सवारी ओम ताओविरो ईन्डष्ट्रिज परवानीपुर बाराको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलयका ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जनकारी दिनुभयो ।

भिडियो

https://www.facebook.com/ourbrt/videos/2268444836792797/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्