विराटनगरको तीनपैनीमा ठक्कर दिदै हिड्ने कार कस्को थियो ? कार चालक कार छोडेर फरार

विराटनगरको तीनपैनीमा ठक्कर दिदै हिड्ने कार कस्को थियो ? कार चालक कार छोडेर फरार

विराटनगर ५ असार । विराटनगर २ तीनपैनी चोकमा विहिबार साँझ जथाभावी कार हाक्दै अन्य सवारी साधनलाई ठक्कर दिने कारका चालक फरार भएका छन् । तीनपैनी चोक स्थित पार्किङ गरिराखेको स्कुटीलाई ठक्कर दिएको थियो । त्यसैगरी कार तिव्र रुपमा अगाडी बढाउने क्रममा अगाडी रहेको साईकल यात्रीलाई समेत ठक्कर दिएको थियो । उत्तर तर्फबाट दक्षिण आँउदै गरेको बा १० च ६७९५ को कारले पुन मे ५ प ६१४७ नम्बरको मोटर साईकललाई ठक्कर दिएको थियो । झापा घर भएका २५ बर्षिय विजय पाण्डेले चलाएको मोटरसाईकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ । ठक्कर दिने कारका चालक फरार रहेका कारण खोजी कार्य भईरहेको ट्राफिक प्रमुख शिव कुमार पोखरेलले जानकारी दिनुभयो । कार अहिले जिल्ला प्रहरी कार्यलय मोरङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्