बंगलादेशलाई हराउँदै अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा

बंगलादेशलाई हराउँदै अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा

लन्डन, असार ६ । बंगलादेशलाई हराउँदै अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।इंग्ल्याण्डको नटिङ्घममा अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३३३ रनमात्र बनाउन सक्यो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलियाले ६ खेलबाट ५ जित र १ हारसहित १० अंक जोडेको छ । पाँचौ स्थानको बंगलादेशको यो तेस्रो हार हो । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ ।

विश्वकप क्रिकेटमा आज श्रीलंकाले आयोजक इंग्ल्याण्डसँग खेल्नेछ । ५ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड तालिकाको तेस्रो स्थानमा छ भने समान खेलबाट ४ अंक जोडेको श्रीलंका छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्